गर्भ अवस्थामा खानै नहुने ८ खानेकुराहरु यस्ता छन्

Posted on: 12 Sep, 2019

गर्भवस्थाको समय एकदम नाजुक अवस्था हो | यो बेलामा धेरै कुरामा ध्यान रहनुपर्ने हुन्छ | खानेकुरा देखी लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ | खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त बढी ध्यान दिनुपर्छ | यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् | धेरै दिन सम्ममा राखेको खानमा किटाणुहरु हुन्छ | किटाणुहरुले बच्चामा असर गर्छ | त्यहि कारणले पनि यो अवस्था खानेकुराको बढी ध्यान दिनुपर्छ | कतिपय  खाने कुराहरु त् खानै हुदैन् | ति हुन् - 

१. हरियो आलू - हरियो आलुमा सोलेनिन नामको एन्जाइम हुन्छ | जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ | 

२. भुईकटहर - भुईकटहरमा ब्रोमलिन हुन्छ | भुईंकटहरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुईकटहर खानु हुँदैन | 

३. रक्सि - एक अनुसन्धानले भने अनुसार रक्सी पिउनाले धेरै जसो गर्भपतन हुने सम्भवना हुन्छ | रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ |

४. बढी नुन - गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ | साथै शरीर सुनिने पनि गर्छ |

५. घ्यु कुमारी - गर्भवस्थाको बेलामा घ्यु कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भवना हुन्छ |

६. माछा - माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्छ |

७ .अण्डा - अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ । आधा मात्र पाकेको अण्डा खानुहुदैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!