सिद्धार्थ राजमार्गमा पहिरोले स्कार्पियो पुरियो, चालकको मृत्यु

Posted on: 13 Sep, 2019

भदौ २७, बुटवल | सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार बिहान स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ | पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल-पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन् |

लु २ च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। बिहान ११ बजे गएको पहिरोमा पुरिँदा स्कार्पियोका चालक कमल परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६ यात्रु घाइते छन्। त्यसमध्ये दुई यात्रुको अवस्था गम्भीर छ। जिप पाल्पाबाट गुल्मी र स्कार्पियो बुटवल आउँदै थिए | घाइतेहरूलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवल ल्याइएको छ। पहिरोले अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले पहल गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!