बझाङमा अज्ञात समुहद्धारा गाउँपालिकाको गाडीमा आगजनी

Posted on: 15 Sep, 2019

भदौ २९, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार राती देउलेख बजारमा पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार आगजनीबाट गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नस्ट भएको छ।

आगजनी कसले गरेको भन्नेबारे अनुसन्धान भईरहेको र घटनामा सङ्लग्नहरुको खोजकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!