दशैंको लागि ६ दिन हवाई भाडामा १० प्रतिशत छुट

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौं । आगामी असोज १२ गते २०७६ देखि १७ असोजसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाइने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छूट दिने निर्णय लिएको हो |

आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छूट दिने निर्णय गरेको हो | टिकट आजै खरीद गरे पनि उड्ने दिन १२–१७ असोज भित्र टिकटमा १० प्रतिशत छूटपाइने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!