रुपन्देहीमा गोली प्रहारबाट एकको हत्या

Posted on: 15 Sep, 2019

भदौ २९, बुटवल | रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ | अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ |

हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका-३ वैकुण्ठपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार प्रहरी घटनास्थल पुगेको छ | यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!