भालुको आक्रमणबाट डोटीमा एकजना गम्भीर घाईते

Posted on: 15 Sep, 2019

भदौ २९, डोटी | डोटीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् । जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ५ कांडामाण्डौँका ४६ वर्षीय काले साउंद भालुको आक्रमण बाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

शनिबार दिउंसो ३ बजेको समयमा बाख्रा चराउन जाने क्रममा बारीमा भालुले आक्रमण गरेको परिवार स्रोतले जनाएको छ। साउंदको कान र आँखामा गम्भीर चोट लागेको छ। उनको बयलपाटा अस्पताल अछाममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बहादुर बोहराले जानकारी दिए |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!