श्रीमती मार्नेलाई सर्वस्वसहित जन्मकैद

Posted on: 01 Mar, 2016

प्रज्वल पौडेल/ फागनु १८, रामेछाप । आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको अभियोगमा रामेछाप भटौलीका एक व्यक्तिलाई रामेछाप जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । भटौलीका ४२ वर्षीय नेत्रबहादुर मगरलाई जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले अंश सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । अभियुक्त मगरले ४ सन्तानकी आमा ३५ वर्षीय पदमकुमारी मगरलाई पौष १० गते छोरा छोरीलाई बाहिर निकाली कोठा थुनेर पदमकुमारीको कर्तव्य गरी हत्या गरेको जाहेरी मृतकका दाजुले दिएको अदालतका डिठ्ठा दुर्गाप्रसाद सत्यालले जानकारी दिए । पुर्पक्षका लागि थुनामा रहेका मगरलाई कारागार चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार मनोजकुमार श्रीवास्तवले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!