भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाही थुनामुक्त

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौं |  भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ | नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईले एक घण्टा जहाज रोकेपछि शाहीले आइतबार  पत्रकार सम्मेलन गरेका थिए | पत्रकार सम्मेलन बाटै प्रहरीले उनलाई नियन्त्रणमा लिइएको थियो |

ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् | प्रहरीले भने यसलाई सुध्रने मौका दिएको बताएका छन् | शाहीलगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको विमानस्थलमा झपारेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!