जाग्दै राष्ट्रिय वाल शिक्षा सदन पर्वत

Posted on: 16 Sep, 2019

महेन्द्र  जिसी पर्वत


  जिल्ला भित्रका कुनै पनि शैक्षीक  कार्यक्रमा होस या विद्यालय भित्र किन नहोस  राष्ट्रिय वालि  शिक्षा सदन कुश्माले  कुनै न कुनै स्थान हाँसील  गरेरै छाडछ ।  पछिल्ला दिनहरुमा विद्यालयको सकृयता  र शैक्षीक अभ्यासले विद्यालयका  वालवालिकाहरुलाई  स्थान दिलाउने गरेको हो ।  शिक्षासँगै अतिरिक्त अभ्यास  व्यवहारीक ज्ञानको विकास गराउने विद्यालय अव्बल रहँदै आएको  छ ।  राष्ट्रिय वाल दिवषको अवसरमा जनजागृती भूतपूर्व बिद्यार्थि संघ थापाठानाले आयोजना गरेको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसील गरेको छ भने  गएको हप्ता    जेसीज सप्ताहमा आयोजना गरीएको लोक नृत्य प्रत्योगितामा  राष्ट्रिय वाल शिक्षा सदन प्रथम भएको  हो ।  भने जेसीज सप्ताहमा  लोक नृत्य प्रत्योगितामा पनि विद्यालय प्रथम भएको हो ।

 १२  विद्यालय सहभागि भएको प्रत्योगितामा  राष्ट्रिय वाल शिक्षा सदन प्रथम र  आदर्श आवाशिय मावि  द्धितीय र नारायण मावि तृतीत भएका हुन ।  लोक संस्कृती जगाउन तथा युवा पिडीहरुमा संस्कर सीकाउन आयोजना गरीएको लोक नृत्य  प्रत्योगितामा  जिल्ला कै जेठो संस्थागत विद्यालयले प्रथम स्थान हाँसील गरेको जेसीज अध्यक्ष मोहन आचार्यले बताउनु भयो ।   प्रत्योगितामा प्रथम  स्थान  प्राप्त गर्ने विद्यालयहरुलाई रनिङ शिल, नगद र प्रमाण पत्रले सम्मान गरीएको र यस्तै द्धितीय  र तृतीय हुने विदालयलाई  नगद प्रमाण पत्र द्धारा सम्मान गरीएको जेसीजले जनाएको हो ।


 जेसीजले आयोजना गरेको बतृत्वकला प्रत्योगितामा तृतीय बन्न सफल भएको  विद्यालय   राष्ट्रिय वाल दिवषको  अवसरमा फलेवास नगर  थापाथानाामा  अयोजित   आधारभुत विद्यालय तहको  जिल्ला स्तरीय वतृत्वकलामा  प्रथम भएको हो । प्रत्योगितामा द्धितीय विश्व ज्योती मावि सिल्मी भएको हो भने  तृतीय आइवल एकेडेमी  कटुवा चौपारी रहेका हुन ।

यस्तै सान्तवना नमुना आवाशिय मावि रहेका हुन ।  जिल्लाका सामुदायीक र संस्थागत ३० विद्यालययहरुको सहभागितामा बक्तृत्वकला प्रतियोगितामा  विद्यालयका छात्रासम्रचना शर्मा प्रथम भएकी हुन । यती मात्र होईन  नगर स्तरीय प्रत्योगितामा पनि विद्यालयले सहभागिता जनाउँदै आएको कुश्मा नगर पालिकाले आयोजना गरेको  नगर स्तरीय निबन्ध प्रत्योगितामा  तृतीय स्थान हाँसील गरीसकेको  छ भने   नगर स्तरीय हाजीरी जवाफ प्रत्योगितामा पनि तृतीय स्थान हासीँल गरेको हो ।

 विद्यालयमा हुने अतिरिक्त अभ्यास  शैक्षीक  सुधारका प्रयास गुणस्तरका लागि  शिक्षकहरुको एकरुपताका कारण विद्यालय सफल बन्दै गएको  विद्यालयका प्रिन्सीफल थानेश्वर ढकालले जानकारी दिनुभयो ।   विद्यालयमा हुने शैक्षीक तथा  अतिरिक्त अभ्यास  नियमीत  शुत्रबारे कार्यक्रमका कारण पनि विद्यालयले विभिन्न शैक्षीक पैदर्शनी र पंत्योगितामा सफलता हाँसीक गर्न सकेको हो  । अहीले विद्यालयमा    २७ शिक्षक शिक्षीकाहरुले अध्यापन गराउँदै आएका  छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!