महिला स्वास्थ्य स्वंयसेविकालाई तालिम

Posted on: 16 Sep, 2019

शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । मोदी गाउँपालिकाको समन्वयमा नव चेतना सामुदायिक विकास केन्द्रको आयोजना र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा आइतबारदेखि कुश्मामा तालिम शुरु भएको हो ।

नव चेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास बैरागीले महिला स्वास्थ्य स्वंयमसेविकाहरुको भूमिका,कर्तव्य, अधिकार र क्षेत्रका बारेमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको बताए । 

महीला स्वास्थ्य स्वास्थ्यस्वयम् सेविकाको भूमिका, महिला स्वास्थ्य स्वयंम् सेवीका कार्यक्रम ,महीला स्वास्थ्य स्वय.महिला सेवीका काम कर्तब्यवारे जानकारी ,स्वास्थ्य आमा समुहको वारेमा जानकारी ,स्वास्थ्य आमा समुहकोको भुमीका ,स्वास्थ्य आमा समुह को वैठक संचालन  र अभिलेख राख्ने कार्यसम्बन्धी तालिममा प्रशिक्षण हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा मोदी गाउँपालिकाका स्वास्थ्य संयोजक उमेशकुमार अधिकारीले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा मोदी गाउँपालिकाका  वडा नं  १, ३ र ४ का महिला स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!