चार दिन देखि बेपत्ता भएका बझाङका रगुविर ओखेडा अझै फेला परेनन्

Posted on: 17 Sep, 2019

धुर्व बिष्ट | भदौ ३१, बझाङ | बझाङको बुङ्गल नगरपालिका वडा ९ रारु कमेडीखानाका रगुविर ओखेडा चार दिन देखि बेपत्ता भएका अझै फेला परेका छैनन् | मानसिक असन्तुलन भएका अन्दाजी ६० वर्षिय ओखेडा गत भाद्र २८ गते शनिबार साँझ ७ बजे घरबाट हिडेको उनका आफन्तले बताएका छन् |

चार दिन सम्म खोजी कार्य जारी रहदा पनि कुनै पत्तो नलागे पछि आफु साह्रैसोकमा परेको उनका जेठा छोरा शेर ओखेडाले बताउनु भएको छ । केही वर्ष यता मानसिक सन्तुलन केही रुपमा गुमाएका ओखेडाको उपचार गार्दा पनि निको नभए पछि घरमै आराम गरिराखेको अवस्थामा घरबाट हिडेपछि खोजी कार्य जारी रहेको उनका छोराको भनाई छ |

शरीरको माथिलो भागमा खैरो सट र तल्लो भागमा खैरो नै पाईजमा लगाएका ओखेडाको चार दिन सम्म कुनै आसालाग्दो कुरा नसुन्दा परिवार चिन्तित भएको छ | अहिले सम्म प्रहरीलाई खबर नगरी परिवार र स्थानीयहरुले खोजी कार्य जारी राखेको  बुङ्गल नगरपालिका वडा न ९ का वडा अध्यक्ष देउमल धामीले बताएका छन् |

बेपत्ता भएका उनको केही पत्तो नलागे पछि भेटाउनु हुने जुनसुकै महानुभावले नजीको प्रहरी कार्यलय, वडा कार्यलयमा खबर गरीदिन परिवारको आग्रह छ | हराएका रगुविर ओखेडाका एक श्रीमती ,दुई छोरा र तिन जना छोरी रहेको उनका भतीज विजय ओखेडाले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!