राजधानी काठमाडौँको हालत : आज खुल्ला दिशा मुक्त घोषणा हुदै !

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौं | मुलुककै राजधानी काठमाडौंलाई आज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिँदै छ । राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे औपचारिक कार्यक्रम आयोजना गरी काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको हो |

काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी थियो । अरु धेरै जिल्ला खुला दिसामुक्त भइसक्दा पनि ‘स्मार्ट सिटी’ बनाउने भनिएको राजधानी काठमाडौं नै खुला दिसामुक्त नहुनु लज्जाको विषय बनेको थियो ।

काठमाडौं उपत्यकाको भक्तपुरलाई २०७० साल कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला भने कास्की हो । कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो । काठमाडौंमा अझै पनि सार्वजनिक शौचालय व्यवस्थित नभएकाले खुला दिसामुक्त घोषणा कार्यान्वयन हुनेमा शंका छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!