खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा विमान अवतरण रोकियो

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौं | त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ | लगातारको वर्षाले मौसम खराब भएपछि भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए |

विमानस्थलबाट हुने उडान भने रोकिएको  छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।वायु  सेवा  कम्पनीहरुका अनुसार मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएका छन् । काठमाडौंमा निरन्तरको वर्षाले मौसम विग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । 

त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुन्छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!