मध्यपहाडी लोकमार्गमा ठाउँठाउँमा पहिरो, खोलाले ट्याक्सी बगायो

Posted on: 17 Sep, 2019

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्मा ठाउँठाउँमा पहिरो गएको छ । तीनदिनदेखि परेको अविरल वर्षाका कारण  एक दर्जनभन्दा बढी साना तथा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठाउँठाउँमा पहिरो र अविरल वर्षाका कारण लोकमार्गको निर्माणकार्य रोकिएको छ ।

 कुस्मा नगरपालिका ४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ ।  खोलामा आएको भेलले ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । बेनीबाट बिरामी लिएर पोखरा जाँदै गरेको उक्त ट्याक्सी खोलाले बगाएको हो ।

 पर्वत र कास्कीको सिमानामा आएको पहिरो खुल्न भने कम्तीमा पनि चार घण्टा लाग्ने अनुमान गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने झोबाङको भिरबाट खसेको पहिरोले पोखरा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!