हामीले व्यक्तिको होइन मण्डले प्रवृत्तिको विरोध गरेका हौं–सापकोटा

Posted on: 18 Sep, 2019


पर्वत । नेकपामा निकट विद्यार्थी संगठनका नेता विजयप्रकाश सापकोटाले व्यक्तिका विरुद्ध नभइ मण्डले प्रवृत्तिका विरुद्धमा आफूहरुले आवाज उठाएको बताएका छन् । साविक नेपाल कम्युनिष्ट पार्टी माओवादी आवद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य समेत रहेका सापकोटाले देशमा केहि तत्वहरु बाहिरि एउटा र भित्र अर्को मिशन चलाइरहेको उनले दाबी गरे ।

ज्ञानेन्द्र शाहीले मन्त्री योगेश भट्टराई माथि गरेको दुव्र्यवहारपछि कास्की र पर्वतमा उनलाई निषेध गरिएको छ । आफ्नै देशभित्र एक ठाउँबाट अर्को ठाउँमा जानको लागि नागरिकलाई गरेको बन्देश लोकतन्त्रविरोध होइन र भन्ने प्रश्नमा उनले आफूहरुले व्यक्तिलाई नभई मण्डले प्रवृत्ति भएकाहरुको विरोध गरेको बताए । 

उनले शाही जस्तै व्यक्तिहरुले देशमा भ्रष्टाचार अभियान संचालन गरेको नाउमा गणतन्त्र र संघीयता विरोधी अभियान संचालन गरेकाले आफूहरुले विज्ञप्ती जारी गर्नुपरेको उनले बताए ।

भिडियो



यस बिषयमा तपाइको प्रतिक्रिया...!