बझाङकाे बुङ्गलमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक महिलाकाे मृत्यु

Posted on: 18 Sep, 2019

सुनिल कुवँर । असाेज १, काठमाडौं । बझाङमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक महिलाकाे मृत्यु भएको छ । जिल्लाकाे बुङ्गल नगरपालिका ४ खिरातडी ( बाबनिका ) घर भएकि अन्दाजि ३० बर्षिय लक्ष्मण कार्किकि क्षीमती पम्मा कार्किकाे बुधबार बेलुकि ५ बजे  घर नजिकै रहेकाे मेलामा घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएकाे हाे । उनका तीन छाेराछाेरी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!