तीनवटा विदेशी एयरलाइन्सले काठमाडौंमा उडान सुरू गर्दै

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौँ | नेपालको काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप तीन विदेशी एयरलाइन्सले उडान गर्ने तयारी गरेका छन्  | संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार जसमध्ये भारतका दुई र कुवेतको एउटा एयरलाइन्स छन् |

भारतको जेट एयरवेजले उडान बन्द गरेपछि स्पाइस जेटले पुन:उडान सुरू गर्ने भएको छ | उसले कात्तिकदेखि काठमाडौंमा उडान सुरू गर्ने जनाएको छ | पहिले उडान गरिसकेका कारण स्पाइस जेटले छिट्टै उडान अनुमतिको प्रक्रिया पूरा गरेको छ |

त्यस्तै भारतकै अर्को विस्तारा एयरलाइन्सले  उडान सुरु गर्ने मन्त्रालयमा निवेदन दिएको छ | कुवेतको जजिरा एयरवेज पनि नेपाल आउने भएको छ | यसअघि वातानिया एयरलाइन्स उडान बन्द गरेर फर्किएको थियो। त्यसलगत्तै जर्जियाले काठमाडौंमा उडान सुरू गर्ने तयारी गरेहको हो | हाल नेपालमा २३ विदेशी एयरलाइन्सले उडान गरिरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!