पहिरोले गोरखाको लुँइटेल-आँपपीपल सडकखण्ड अवरुद्ध

Posted on: 22 Sep, 2019

असोज ५, गोरखा। केहि दिनदेखिको लगातारको झरीले लुँइटेल भञ्जाङ–आँपपिपल हुदै हर्मी–भच्चेक सडक भासिएर यातायात ठप्प भएको छ । बोहोरा गाउँ खण्डमा सडक भासिएर पिच नै ५० मिटर तल पुगेपछि बाटो अबरुद्ध भएको हो ।


दैनिक आवाज जावत गर्ने बाटो अबरुद्ध भएसंगै पुननिर्माणका लागि काम शुरु भएको पालुङटार नगरपालिकाका गगर प्रमुख दीपक बाबु कंडेलले साझा सवाललाई जानकारी दिए । सडक पुन: निर्माणको नियमित अनुगमनमा नै रहेका नगर प्रमुख कंडेलले आगामी ४ दिनभित्र काम सकिने जानकारी दिए । 

भुकम्प सहायता आयोजना अन्तर्गत एसियाली बिकास बैक एडिबीको सहयोगमा केही समय अघि कालोपत्रे भएको हो । लामो समय कच्ची सडकमा यात्रा गरेका सर्वसाधरणहरु अहिले सडक कालोपत्रे भए पनि पहिरोका कारण सवारी सञ्चालन हुन नसक्दा हिडेर गन्तव्यमा जान बाध्य छन् ।

Image may contain: outdoor and nature

 चाडपर्व आईसक्यो, सडकको यस्तो हालतले यात्रामा असहज भएको छ स्थानीय रमित ढकालले भने 'सडक भासिएपछि सामान ढुवानी गर्ने गाडी र बिरामी बोक्ने एम्बुलेन्स लगायतका सवारी साधन प्रभावित भएका छन् ।'गत असार महिनाको अन्तिम साता पनि उक्त सडक खण्डको सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको र सिरानचोक गाउँपालिका–३, हर्मी भञ्ज्याङ नजिक राखिएको तारजालीको पर्खाल पनि पल्टिएको थियो ।

एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेलभञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले केही समय अघि निर्माण सम्पन्न गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!