वेनी मालढुंगा सडकखण्ड दैनिक ६ घण्टा बन्द

Posted on: 23 Sep, 2019

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतखण्ड दैनिक ६ घण्टा बन्द भएको छ । मालढुंगादेखि बेनीबजारसम्मको सडकको स्तरोन्तीको काम अगाडि बढाएसँगै विहान १० वजेदेखि दिउँसो ४ वजेसम्म लोकमार्गमा आवातजावातमा रोक लगाइएको हो । दुइ महिनादेवि काम ठप्प भएको लोकमार्गमा काम शुरु भएसँगै दैनिक ६ घण्टाको लागि यातायात सचालनमा रोक लगाइएको हो ।

मालढुंगा वेनी सडकखण्डको स्तरोन्नती र पुल निर्माणको काम अहिले भइरहेको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ । पर्वत खण्डका अन्य स्थापनमा पनि नाली काट्ने र चक्लाबन्दी गराउने काम भइरहेको छ । दर्शै अगावै लोकमार्गलाई चक्लाबन्दी गरिसक्ने गरी काम अगाडि बढाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!