पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु

Posted on: 23 Sep, 2019

असोज ६, काठमाडौँ | काठमाडौँको ओम अस्पतालमा मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा बिरामीको  मृत्यु भएको छ | धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो | उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो |

उनको  मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका थिए | उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ | आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!