बझाङमा नगद २ लाख सहित पाँच जना जुवाडे पक्राउ

Posted on: 23 Sep, 2019

असोज ६, बझाङ | बझाङमा रु २ लाख नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् |सदरमुकाम चैनपुरबाट जुवा खेल्दै गरेको अवस्थामा नगद २ लाख १९ हजार नगद सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो |

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का ४० बर्षिया मान बहादुर बोहरा, वडा नम्बर २ का ३८ बर्षिया शेर बहादुर बोहरा, हुम्ला जिल्ला सिमिकोट गाँउपालीका ३ का ३९ बर्षिया फन्जुङ लामा रहेका छन् |

यस्तै जयपृथ्वी नगरपालिका वडा नम्बर ८ का ४० बर्षिया मंगल बोहरा, सुर्मा गाउँपालीका १ का २८ बर्र्षिय देवचन्द बोहरालाई प्रहरीले पक्राउ गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!