८५ बर्ष माथिका जेष्ठ नागरिकलाई ५ सयमा प्लेन चढाउने श्री एयरलाइन्सको घोषणा

Posted on: 23 Sep, 2019

असोज ६, काठमाडौं | असोज १२ गते देखि लागु हुनेगरी श्री एयरलाइन्सले ८५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई रु ५ सयमा मात्रै सेवा उपलब्ध गराउने भएको छ | ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई भने भाडामा ५० प्रतिशत छूट दिने भएको छ | प्रति उडान दुइजना ८५ बर्ष माथिका जेष्ठ नागरिकहरले उक्त सेवा पाउने जनाइएको छ |

कम्पनीका अनुसार उमेर खुल्न सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने  छ |  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छूटको घोषणा गरेसंगै पहिलो पटक नेपाल एयरलाइन्सले ५० प्रतिशत छूट घोषणा गरेको थियो |

यो छुट श्री एयरलाइन्सले बेलाबेला सार्वजनिक गर्ने अफर फेयरमा भने लागु नहुने बताएको छ | टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!