कैलालीमा छोरीलाई बिष खुवाएर बुबाले पनि गरे आत्महात्या

Posted on: 23 Sep, 2019

असोज ६, कैलाली | कैलालीमा छोरीलाई बिष खुवाएर एक जनाले आत्महत्त्या गरेका छन् | जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले सल्पास नामको बिष खुवाएर आफुले पनि आत्महत्या गरेका हुन् | तीन बर्षीय छोरी अनुष्कालाई पनि सल्पास  नामक बिष खुवाएपछि उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ |

पेर्हरिका अनुसार  बैशाख १६ गते उनकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामवहादुर विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको थियो | सरिताका माईती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेका थिए |

जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुरपक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए | आइतबार छोरी सहित उनले आत्महत्या गरेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!