पत्रकार आचारसंहिता संशोधन, पहिलो संशोधन–२०७६ जारी

Posted on: 23 Sep, 2019

असोज ६, काठमाडौं | प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गरेका छन् |

आमसञ्चार माध्यमलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्य बमोजिम सरोकारवाला संघ, संगठन पत्रकारहरुसंग चरण चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको काउन्सिलले बताएको  छ |

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तिब्रत्तर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताए | उनले पत्रकारहरुकै कमीकमजोरीको कारण धेरै प्रकारका कानुन बनेको बताउदै सबै सञ्चारकर्मी मर्यादित बन्न जरुरी रहेको उल्लेख गरे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!