सर्लाहीमा कुलोमा डुबेर एक जनाको मृत्यु

Posted on: 24 Sep, 2019

असोज ७, सर्लाही । जिल्लाको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । 

फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय सुख्ला भन्ने सिकिन्द्र माझीको डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक मदिरा सेवन गरेका कारण कुलोमा लड्दा पानीमा डुबेर मृत्यु भएको स्थानीयवासी जगजीत पाण्डेले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!