कक्षा ११ को परीक्षाफल प्रकाशित, नजिता यसरि हेर्न सकिन्छ

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौं ।  कक्षा ११ को गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

 मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो ।

परीक्षाफल www.neb.gov.np, www.neb.ntc.net.np  www.edusanjal.com मार्फत् पनि हेर्न सकिने बार्डले जनाएको छ । 

यस्तै, मोबाइलबाट १६००  मा एसएमएस  गरेर पनि बुझ्न सकिन्छ । एसएमएसका लागि मोबाइलमा NEB टाइप गरी एक स्पेश दिएर सिम्बोल नम्बर टाइप गरि १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!