व्यवसायीलाई दु:ख दिने कर्मचारीलाई ५ मिनेट भित्रमा कारवाही गर्ने बिष्टको चेतावनी

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौं । श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण बिष्टले वैदेशिक राेजगार व्यवसायीहरुकाे समस्या सुन्न तयार रहेको बताएका छन् । संस्थागत र व्यक्तिगत रुपमा व्यवसायी सग भेटेर समस्याको समधानकाे लागि छलफल गर्न तयार रहेकाे उनको भनाइ छ ।


नेपाल वैदेशिक राेजगार व्यवसायी सघकाे २७ अाै साधारणसभा लाई सम्बाेद्वन गर्दै उनले व्यवसायी लाई दुख दिने कर्मचारीलाई ५ मिनेट भित्रमा कार्वाही गर्ने प्रतिवद्वता जनाएका छन् ।

मन्त्री  विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।   


व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्ट सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गरे।   वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!