बझाङको बित्थड चिरकि एक महिला दश दिन देखि बेपत्ता

Posted on: 24 Sep, 2019

धुर्व बिष्ट | असोज ७,  बझाङ | बझाङको बित्थड चिर गाँउगाउपालिकाकि दश दिन देखि बेपत्ता एक महिला अझै फेला परेकी छैनन् | जिल्लाको बित्थड चिर गाँउपालिका वडा न ३ दुधडोल्लाकी २८ वर्षिय परुली बोहरा गत भाद्र २९ गते बिहान ८ बजे मेलामा घाँस जाने भन्दै हँसिया र नाम्लो बोकेरघर बाट हिडेकी थिइन् |

बिहानै  घरबाट हिडेकी बोहरा साँझ सम्म पनि घर नआएपछि खोजीकार्य सुरु गरिएको थियो | खोजी गर्दा गर्दै दश दिन बिते पनी आजसम्म कुनै अतोपत्तो नलागे पछि परिवारमा निरास छाएको छ | परिवारका अनुसार उनी जिव्रोको अपाङ्ग भएकाले राम्रोसँग बोल्न नसक्ने ,गोरो बर्ण,पाँच फिट हाईट भएकी छन् | उनीकी दुई वर्षकी छोरी घरमा रहेकोले भेटाउने व्यक्तिले नजीको प्रहरी कार्यलयमा सम्पर्क गरी सहयोग गरीदिन अनुरोध गर्नु भएको छ ।

उनका श्रीमान रम्मो बोहराका अनुसार शरीरमा हरीयो म्याक्सि लगाएकी उनी घरबाट हिडेपछि खोजी गर्दागर्दै साता बितिसक्दा पनि कुनै आशालाग्दो कुरा नआएपछि घरमा भएकी सानी छोरीको मुख हेर्दै रुनुबाहेक कुनै बिकल्प नरहेको बताएका छन । बेपत्ता परुलीको माईती घर बुङगल नगरपालीका वडा १० को डउड हो | उनको बिहे भएको करिब ८ वर्ष पुग्न लागेको उनका भाई नरेश बोहराले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!