आतंककारी राँगोलाई न्युरोडमा गोली हानेर मारियो

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौं | काठमाडौँमा आतंक मच्चाउदै आएको राँगोलाई प्रहरीले गोलीहानेर मारेको छ | स्वयम्भुबाट न्युरोड आएको राँगोलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले गोली हानेको हो ।

मानिसहरुलाई राँगोले आक्रमण गरेर घाइतेसमेत बनाएकाले गोली हानेर मार्नु परेको प्रहरीले जनाएको छ | मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले काठमाडौंमा बेला-बेलामा दुःख दिने गरेको स्थानीयबासीको गुनासो छ । अधिकांश वधशालाबाट फुत्किएर आएकाले यसरी दुःख दिने गरेको पाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!