संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्छ: गृहमन्त्री बस्नेत

Posted on: 04 Mar, 2016

प्रज्वल पौडेल/ फागुन २१, रामेछाप । गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने बताएका छन् । उनले नेपाली जनताको दशकौ लामो प्रयासबाट जनताबाट निर्वाचित प्रतिनिधीबाट संविधान निर्माण गरेकाले सबैमा अपनत्वको महसुस भएको बताएका हुन् । योङ्ग कम्युनिष्ट लिग नेपाल रामेछापको तेस्रो तथा अनेरास्ववियु क्रान्तिकारी रामेछापको १६ औ जिल्ला अधिबेशनलाइ सदरमुकाम मन्थलीमा शुक्रबार सम्बोधन गर्दै मन्त्री बस्तेतले यस्तो बताएका हुन् । एमाओवादीका नेता समेत रहेका मन्त्री बस्नेतले भने– “संविधानले हिमाल, पहाड, तराइ सबै क्षेत्रका नागरिकको मौलिक हक अधिकार सुनिश्चित गरिदिएको छ, सबै जात, भाषा, संस्कृतिलाई स्वाकार गरेको छ ।” नागरिकको मौलिक हक, अधिकार संविधानले ग्यारेन्टी गरेको छ– उनले भने । shakti basnet 1 गृहमन्त्री बस्नेतले सरकार अहिले नेपालको स्वाधिनता र स्वतन्त्रताको पक्षमा लागिपरेको धारणा राखे । “नेपालमा अस्थिरता, अशान्ति हेर्न चाहने विदेशिलाई घुँडा टेकाउदै सुशासन, आर्थिक विकास गर्न तर्फ सरकार अगाडि बढेको छ” उनले भने । संविधानमा निर्माण गर्न कसको योगदान बढि रह्यो भनेर नागरिकले बुझिसकेकाले भन्दै गृहमन्त्री बस्नेतले संविधानमा उल्लेख भएका नीतिनियम कार्यान्वयन कुन पार्टीले गर्छ, गर्दैन यता तिर बहस चलाउनुपर्ने अबको आवश्यकता रहेको बताए । उनले भुकम्पपिडितको आवास पुननिर्माणमा ढिलाइ भएको स्वीकार गरे । बस्नेतले “सरकारले भुकम्पपिडित नागरिकलाई बर्षाद अगाडि नै आवास भित्र बसाउने योजना अगाडि बढाएकाले अब पुननिर्माण कार्यमा एकजुट बन्नुपर्छ” भने । त्यसैगरी पुर्व शान्ती तथा पुर्ननिमाण मन्त्री सत्य पहाडिले राज्यलाइ उत्तरदायि र जनताप्रतिको कर्तव्यको ग्यारेन्टी गर्न सविधानले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले देश विकासको जिम्मा अब क्रान्तिकारीहरुको हातमा आएको धारणा राखिन् । त्यसैगरी योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रिय अध्यक्ष आरसि शर्माले युवा उर्जा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने धारणा राखे । उनले राज्यले रोजगारीका क्षेत्र किटानी अगाडि युवालाई उचित स्थान दिनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले शिक्षा क्षेत्रमा परिवर्तन हुन नसकेको बताए । उनले अझैपनि विद्यालय तहका विद्यार्थिले निशुल्क शिक्षा पाउन नसकेको दावी गरे । न्यौपानेले हरेक आन्दोलन विद्यार्थीको सहयोगबाट सफल भएको भएपनि विद्यार्थीको शैक्षिक योग्यताले अझै रोजगारी पाउने ग्यारेन्टी नभएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रम योङ्ग कम्युनिष्ट लिग नेपाल रामेछापका संयोजक शेरबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

shakti basnet program

यस बिषयमा तपाइको प्रतिक्रिया...!