अमेरिकामा कारले ठक्कर दिँदा एक नेपालीको मृत्यु

Posted on: 26 Sep, 2019

असोज ९, काठमाडौँ | तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार निधन भएको हो । बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाली समाजले जानकारी दिएको छ ।

श्रीमानको मृत्यु भएको खबर पाउनेबित्तिकै बेहोस भएकी बिमला सापकोटाको युनिभर्सिटी अफ केन्टुकी हस्पिटलमा उपचार भइरहेको छ । विष्णुप्रसाद छोरी बिनिता सापकोटा र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन पुगेका थिए ।

केन्टुकी नेपाली समाजले रोशनराज र बिनिता सापकोटालाई सहयोग स्वरुप ५० हजार डलर सहयोगको घोषणा गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!