मलेसियामा १ लाखलाई रोजगारी

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौं । मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले राजगारी पाउने सम्भावना देखिएको छ ।

सरकारले मलेसिया रोजगारी खुलाउने तयारी सुरु गरेसँगै मानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको छ ।

मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या त्रमशः बढ्दै गएर १ लाखभन्दा बढी भएको हो ।

अझ पहिलो पटक जाने नयाँ युवाको संख्या हेर्ने हो भने २ लाखको हाराहारीमा पुग्ने सरोकारवालाहरुले बताएका छन् । 

विगत लामो समयदेखि मलेसिया खुल्ने आशामा जीएसजी नेपालमा प्रक्रियाका लागि आवेदन दिएका युवा संख्या १ लाख पुगेको छ । यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!