आइतबारदेखि १० चक्के सवारीलाई काठमाडौं प्रवेशमा रोक

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौँ | आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाएको छ | यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो | 

विभागले दसै‌मा काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय गरेको जनाएको छ | विभागका अनुसार त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने छन् | अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!