कृषि विकास बैंक ह्याक प्रकरणमा थप दुई पक्राउ

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौँ | महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराई रहेका छन् |

प्रहरीले यज्ञराजलाई ४५ लाख रकम सहित महेन्द्रनगरबाट पक्रेको हो भने मालतीलाई पर्वतकाे हुवासबाट २४ लाख रकम सहित पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ |  उक्त प्रकरणमा यसअघि १३ जना पक्राउ परिसकेका छन् |  गत असोज ५ गते बैंकको लाहान शाखाबाट ह्याकरले खडा गरेका विभिन्न एजेन्टका खातामा रकम स्थानान्तरण भएको थियो। प्रहरीले एजेन्टहरु खोजीरहेको छ |

प्रहरीको प्रारम्भिक अध्ययनअनुसार अफ्रिकन मुलका पिटर भनिने मुख्य योजनाकारले आफू भारतमा बसेर नेपालमा विभिन्न एजेन्ट खडा गरी उनीहरुलाई १० देखि ३५ प्रतिशतसम्म कमिसन दिई बैंकको रकम ट्रान्सफर गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!