मारेर नारायणी नदिमा फालेको भनिएकि लोनिया जिउँदै फेला

Posted on: 27 Sep, 2019

श्याम थापा | असोज १०, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित रतनगन्ज निवासी पुजा लोनियालाई घरका ब्यक्तिहरु मिलेर हत्या गरि नारायणी नदिमा फालेको भन्ने पुजा लोनिया जिउदो अवस्थामा आफ्नै माइतमा फेला परेकि छन् । 

पुजा लोनियालाई नेपाल प्रहरीले भारतको प्रहरीको सहयोगमा भारत उत्तर प्रदेश कुशिनगर जिल्लाको खोपा गाउँमा रहेको माइती घरबाट नै फेला पार्न सफल भएको हो । लोनिया आफ्नो बैवाहिक घर अर्थात सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित रतनगन्जबाट भदौ २० गते देखि हराएको र भदौ २४ गतेका दिन घर नजिक करिब २०० सय मिटर पुर्व नारायणी नदिमा एउटा शव देखा परेपछि केहि राजनीतिक ब्यक्तीहरुले त्यही शवलाई लिएर राजनीतिकको अखाडा बनाई गाउँका सोझा साझा मानिसहरुलाई लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र ईलाका प्रहरी कार्यालय बेलाटारी घेराउ जस्ता कार्य गरि राजनीतिकको लाभ लिनेको खोजेको थियो । 


यसरी एउटा मरेको लासलाई राजनीतिक अखडा बनाउने नेतालाई जब पुजा लोनियालाई प्रहरीले जिवित अवस्थामा फेला पारी प्रहरी कार्यालय झिकाएपछि नारायणी नदीमा बेवारिसे फेला परेको लासलाई पुजा लोनियाकै हो भनेर राजनितिक गर्ने राजनितीक ब्यक्तिलाई नराम्रो झड्का लागेको छ । 

लोनिया के कति कारणले घर छोडेर हिडेको र के कति कारणले घरपरिवार र नेपाल प्रहरीलाई दु:ख दिएको त्यस बारे अनुसन्धान भैरहेको र पुजा लोनिया र उनको बुवा रामकिशुन लोनियालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!