नेपाल निर्माण उद्योग परिषदमा नयाँ नेतृत्व

Posted on: 04 Mar, 2016

प्रज्वल पौडेल/ फागुन २१, रामेछाप । नेपाल निर्माण उद्योग परिषदको मन्थलीमा शुक्रबार सम्पन्न प्रथम जिल्ला अधिबेशनले रामकुमार पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ । नबगठित समितिको उपाध्यक्ष,सचिब र कोषाध्यक्षमा क्रमशः साजन सिबाकोटी, कृष्ण थापा र सुरेश उदाश रहेका छन् भने सदस्यहरुमा भिम बहादुर तमाङ, राम बाबु घिमिरे, गणेश विक, रमेश उदाश, उज्जल सुबेदी, मुकेश सुनुवार, र राज श्रेष्ठ लगाएत रहेका छन् । परिषदका अध्यक्ष हरिबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाल निर्माण उद्योग परिषदका केन्द्रिय अध्यक्ष लंक केसीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!