चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

Posted on: 29 Sep, 2019

असोज १२, चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ । 

एड्वानको अध्यक्षमा पम्फा

दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार बेलुका यहाँ सम्पन्न (एड्वान) को २०औँ साधारणसभा तथा निर्वाचनबाट उपाध्यक्षमा पम्फा नेपाली, महासचिवमा विन्दु परियार थापा, सचिवमा तीर्थकुमारी विक र कोषाध्यक्षमा सपना सुनार निर्वाचित हुनुभएको हो । 

त्यसैगरी सदस्यमा राममाया विक, माया लम्साल र सपना परियार निर्वाचित हुनुभएको छ । विसं २०५५ मा स्थापना भएको उक्त (एड्वान) ले ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायमा आयआर्जनका सीपसमेत सिकाउँदै आएको छ । अध्यक्ष पम्फा परियार गुरुङले एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार÷व्यावसाय गर्न आर्थिक सहयोगसमेत गर्दै आएको बताउनुभयो ।

महासचिव विन्दु परियार थापाले संस्थाले आगामी दिनमा दलित महिलाको उत्थान र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!