नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

Posted on: 30 Sep, 2019

असोज १३, काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुनाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ । बैंकले आफूले गरेको उक्त निर्णय आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।

उक्त प्रस्तावलाई बैंकको आगामी २६औँ वार्षिक साधारसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण गरिने कम्पनीका सचिव भीष्म  नेउपानेले जानकारी दिनुभयो । सो बैंकले अघिल्लो आवमा १५ दशमलव ७९ प्रतिशत लाभांश बाँडेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!