नीजि विद्यालयकै कारण शैक्षिक अवस्था मजबूत –नगरप्रमुख जोशी

Posted on: 03 Oct, 2019

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ ।

राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

जोशीले नीजि बिद्यालयले श्रोत र साधनको अभावमा पनि गुणस्तरिय शिक्षा दिएर सरकारलाई टेवा पुर्साएको बताए ।

बालशिक्षा सदन जिल्लाकै  सबैभन्दा पुरानो निजि बिद्यालयले फड्कोमार्दै गरेकोमा थप सफलताको शुभकामना दिनुभयो ।

बिध्यालय संचालक समितिका अध्यक्ष रूद्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले शब्दद्वारा सम्पूरणलाई स्वागत तथा शुभकामना प्रदान गर्दै बिद्यालयका हालसम्म भएगरेका गतिबिधिको बारेमा अबगत गराउदै जिल्लाको सबैभन्दा राम्रो पढाईहुने निजि बिद्यालय यो भएको बताउनुभयो ।

ढकालले भन्नुभयो हामी बाहीरी बढाउ चढाउ प्रचारभन्दा आन्तरीक पठनपाठन र शिक्षक कर्मचारीबिच भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै गुणस्तरिय क्षिक्षा दिन्छौ। हाम्रा बिद्यार्थि बाहीर गएर कुनैपनि प्रतिस्पर्धा तथा १० कक्षा भन्दा माथि अन्यत्र गएरपनि सबै बिद्यालयलाई उछिन्दै उत्कृष्ठ नतिजा ल्याएर बिद्यालय र परिवारको नाम राख्न सफल भएको बताउनुभयो। 

कार्यक्रमको सन्चालन बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले गर्नुभएको थियो। कार्यक्रम बिद्यालय प्राङगणमा सन्चालन भई जलपान संगै कार्यक्रमको समापन गरीएको थियो।।


यस बिषयमा तपाइको प्रतिक्रिया...!