खोलाले बगाउँदा १ जनाको मृत्यु

Posted on: 09 Oct, 2019


महेन्द्र केसी÷पर्वत । मोदी गाउँपालिका ६ तिलहारमा रति खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक गम्भीर घाईते भएका छन ।

दशैमा टिका लगाउनका लागि तिलहार जाँदै गरेका कुवँर दाजुभाइले ग १४ प १९३२ नम्बरको मोटरसाइकलमा चढेर खोला तार्ने क्रममा रति खोलाले बगाएको थियो ।

पोखरा महानगरपालिका २५ हेम्जाका ४० बर्षिय लक्ष्मण कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककै भाइ ३८ बर्षिय खेम कुवँर घाईते भएका छन् । उनको थप उपचारको लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!