३ बर्षिया बालिका बलात्कार आरोपमा ६० बर्षिय बृद्ध पक्राउ

Posted on: 10 Oct, 2019

सम्राट सिंह | असोज २३, बझाङ | जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ सोती गाउँ घर भएका ६० बर्षिय रामभक्त दमाईलाई ३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ ।

पिडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्घा दर्ता गराएपछि मंगलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो । 

बालिका बलात्कार आरोप लागेका रामभक्त दमाईलाई कारबार्हिको माग गर्दै पिडित बालिका र उनकी आमा अहिले महिला सेव हाउसमा बस्दै आएका छन । मदिरा सेवन गरी राती १० बजे तिर घरमा आएर ३ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाले बताइन । मदिरा सेवन गरेर राती आफुमाथी जबरजस्ती करणी प्रयास गरेको र आफु उम्केर भाग्दा नाबालिका छोरी माथी करणी गरेको उनको भनाइ छ । 

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी  जबरजस्ती करणी अन्र्तगत मुद्घा दर्ता भई कारबार्हि प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इश्वरी दत्त पाण्डेयले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!