लगानी भित्राउनुस, उपयुक्त वातवरण हामी मिलाउँछौं–तिमिल्सिना

Posted on: 11 Oct, 2019

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रवासी नेपालीलाई देशको विकासको लागि लगानी भित्राउन आग्रह गर्नुभएको छ ।

अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनको पर्वत दक्षिण हुवासमा उद्घाटन गर्दै उहाँले लगानीमैत्री वातवरण राज्य तयार गर्ने भन्दै लागनी भित्राउनको लागि प्रवासी नेपालीहरुलाई अनुरोध गर्नुभएको हो ।

स्थीर सरकार भएकाले लगानी गर्न सहज वातवरण  तयार भइसकेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अबको पाँच वर्षभित्र जिल्लाको विकासमा कायपलत हुने बताउँनुभयो । उहाँले अबको पाँच वर्षभित्र पर्वत जिल्लालाई विकसित जिल्लामध्येको पाँच भित्र पर्ने गरी काम अगाडी बढेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले अबको केहि समयमा नै दक्षिण पर्वतलाई जोड्ने सडकखण्ड कालोपत्रे हुने पनि विश्वास दिलाउनुभयो ।

अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुनः पुरन गिरी निर्विरोध चयन हुनुभएको छ । समाजको बरिष्ठ उपाध्यक्षमा झलक केसी, महासचिवमा गुणराज शर्मा चयन भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!