काभ्रेमा दुर्घटना: दुई जनाको मृत्यु, १५ घाइते

Posted on: 11 Oct, 2019

असोज २४,  काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् । 

महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!