नवजागरण साकोस सहकारी अध्ययन भ्रमणमा

Posted on: 09 Mar, 2016

22222222फाल्गुण २६, प्रज्वल पौडेल, रामेछाप

रामेछाप जिल्ला स्थित मन्थली नगरपालिका २ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलबारबाट सहकारी अध्ययन भ्रमणमा निस्किएको छ । सहकारीको साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका पदाधिकारी सहित ३२ जनाको टोली सहकारी भ्रमणमा निस्किएको हो ।

संस्थाका आफ्ना शेयर सदस्यलाइ अन्य जिल्लाको सहकारीको अध्ययन अवलोकन गरि बचत तथा ऋण कारोबार नियमित गराउनका लागी भ्रमणमा लगिएको संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले बताउनुभयो । उहाँले सहकारीको अध्ययन अवलोकन पश्चात क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास हुने र सहकारीको मूल्य मान्यता अनुसार सहकारी संचालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

सहकारी अध्ययन भ्रमणको टोलीले चितवन जिल्ला आसपासको विभिन्न सहकारी संस्थाको अवलोकन, धार्मीक पर्यटकिय स्थलको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!