सकेट बम निष्क्रिय

Posted on: 14 Oct, 2019

असोज २७, लहान | सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो । 

बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ । कामदारहरुले बम देखेपछि तत्कालै प्रहारीलाई खबर गरेका थिए । बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरी उपरीक्षक चर्तुवेदीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!