एनआरएनए सम्मेलन: कुल आचार्यको प्यानल घोषणा

Posted on: 14 Oct, 2019

असोज २७, काठमाडौँ | मंगलबारदेखि हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा अध्यक्ष पदको लागि उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । आचार्यको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा रहेका छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेदवार छन् ।

एनआरएनएको सम्मेलनमा उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर एकाएक उनले जानकी गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएका छन् । आचार्य बेलायतबाट हुन् । उनको प्रतिद्वन्दीमा जर्मनीबाट कुमार पन्तको प्यानल घोषणा हुँदैछ । 

तश्विरमा: अध्यक्षमा उम्मेद्वारी दिएका आचार्य

यस बिषयमा तपाइको प्रतिक्रिया...!