यस्ता छन् मौसमी रुघाखोकीका लक्षण र बच्ने उपायहरु

Posted on: 15 Oct, 2019

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। 

लक्षण

–    रुघाखोकी लाग्ने

–    टाउको दुख्ने

–    ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)

–    घाँटी दुख्ने

–    श्वास फेर्न गाह्रो हुने

–    बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

बच्ने उपाय

–    पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।

–    खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।

–    साबुन पानीले मिची मिची हात धुने गरौं।

–    नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।

–    आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।

–    शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।

–    आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।

–    सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।

–    अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।

-ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।

यस बिषयमा तपाइको प्रतिक्रिया...!