बझाङमा किर्केट प्रतियाेगिताको उद्घाटन

Posted on: 15 Oct, 2019

सुनिल कुवँर । असाेज २८, बझाङ ।  बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका १ दहबगरमा अाज बझाङ जिल्ला स्तरिय क्रीकेट प्रतियाेगिता उद्घाटन गरीएकाे छ । उद्घाटनकाे क्रममा प्रमुख अतिथि समेत रहेकि नेकपाकि शुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय देवकि मल्लले राष्ट्रिय गाान गाउँन बिगारेकि छन । अग्रगामि राष्ट्र हाम्राेलाई "अग्रगामि शुदुरपश्चि नेपाल" भनेकि छन । 


बुङ्गल किर्केट एसाेसियसन द्वारा अायाेजना गरिएको उक्त प्रतियाेगितामा विशिष्ट अतिथि नेकपाकि शुदुरपश्चिम् प्रदेश सांसद शान्ति नेपाली, बुङ्गल नगरपालिका उप-प्रमुख मिना जाग्रि उपस्थित थिईन । बुङ्गल किर्केट एसाेसियसनका अध्यक्ष अानन्द कार्किकाे अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएकाे हाे । 

प्रतियाेगितामा १५ टिम दर्ता भएकाे बिसिएका पूर्व अध्यक्ष नरेश कुवँरले जानकारी दिए । विगत केही बर्ष देखि बझाङकाे बुङ्गलमा बुङ्गल किर्केट एसाेसियसनले किर्केट प्रतियाेगिता अायाेजना गर्दै अाएकाे छ । 


दसैं तिहारकाे अवसर पारेर "पर्यटन प्रवर्दनका लागि बिसिए कप २०७६ " भन्ने मुल नाराका साथ उक्त प्रतियाेगिता अायाेजना गरिएकाे हाे । 

उक्त प्रतियाेगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार पुरस्कारकाे ब्यवस्था गरिएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!