लोक सेवा आयोगको विधेयक प्रमाणीकरण

Posted on: 16 Oct, 2019

असोज २९, काठमाडौँ | प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नु भएको छ । 

उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिफारिस भई आएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङ बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!