मिर्गौला प्रकरणमा डाक्टर सहित पाँच जना पक्राउ

Posted on: 16 Oct, 2019

असोज २९, काठमाडौँ | नेपाल प्रहरीले ललितपुरको निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । 

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक व्यक्तिको नाममा नक्कली व्यक्ति खडा गरी मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न पाँच जनालाई आज दिउँसो पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौँका विपेन्द्र प्रधान, डा राजेश पन्त, ललितपुरका रामचन्द्र आले, कञ्चनपुरका कुमुदकुमार भट्टराई र रामेछापका शङ्करलाल लामा रहेका छन् । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले निदान अस्पतालमा अर्काको नाममा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिनुभयो । 

पक्राउ परेका व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!